शुक्रबार ७ सय ६४ जनामा कोरोना पुष्टि

काठमाडौंः शुक्रबार देशभर ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ६ सय ८८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या १५ हजार ६ सय १४ रहेका छन् । पाँच सय बढी संक्रमित भएका जिल्ला आठ र २ सय बढी संक्रमित भएका जिल्ला २० छन् । पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् ।
शुक्रबारसम्म नेपालमा कोरोना संक्रमण दर १८.७ प्रतिशत छ । शुक्रबारको अवधिमा एक हजार ३३ जना संक्रमणमुक्त भएका छन् । शुक्रबारसम्म सात लाख ७४ हजार १ सय ७३ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा शुक्रबारसम्म संक्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।
यस्तै कोरोना संक्रमणबाट शुक्रबार १० जनाको मत्यु भएको छ । शुक्रबारसम्म कोरोना संक्रमणबाट ११ हजार २ सय १० जनाको मृत्यु भइसकेको छ । शुक्रबारसम्म देशभर ३ सय १३ जना सघन उपचार कक्ष (आइसीयू), १ सय १३ जना भेन्टिलेटर, १४ हजार ४ सय ६१ जना होम आइसोलेसन, एक हजार १ सय ५३ जना संस्थागत आइसोलेशन र २ सय ४१ जना क्वारेन्टिनमा छन् ।
शुक्रबार ४३ हजार ९ सय ४१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । शुक्रबारसम्म ८० लाख ४१ हजार ५ सय ९४ पहिलो मात्रा र ६४ लाख ४१ हजार ६ सय ३२ पूर्णमात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार